बाजुराको हिमालीमा जीप दुर्घटना हुँदा ६ जना घाइते
धनगढी | जेठ २, २०८२
धनगढी: बाजुराको हिमाली गाउँपालिकामा जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।
बुढीनन्दा नगरपालिकाको कोल्टीबाट हिमाली गाउँपालिकाको धुलाचौरतर्फ जाँदै गरेको म १ ज २३३ नम्बरको जीप सिउडी खोलामा दुर्घटनामा परेको हो ।
दुर्घटनामा परेका घाइतेहरूमा जीप चालक सबिन बोहरा, हिमाली–५ निवासी १८ वर्षीया रंगीता बुढा, जुनिता बुढा, २९ वर्षीय विवेक बुढा, वडा नं। ६ का २२ वर्षीय अस्मिता शाही र वडा नं। ४ का १८ वर्षीय विज्ञान सार्की रहेका छन् ।
उनीहरू सबै कक्षा १२ को परीक्षा सकेर घर फर्कँदै गरेका विद्यार्थीहरू हुन् ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार जीप अचानक अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेर कर्णाली नदीमाथिको रुखमा अड्किएको हो।
घाइतेहरूको अवस्था मध्यम रहेको र हाल कोल्टी अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।
सङ्खुवासभा: सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा तीन जना घाइते भएका छन् । चैनपुरबाट बिहीबारेतर्फ जाँदै गरेको प्र १&n...
पोखरा: १४ औं पोखरा महोत्सव सभ्य र भब्यताका साथ सम्पन्न भएको छ । गत पुष २९ देखि माघको ११ गते सम्म आयोजित महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले एक समारोहका बीच समापन गरे । समापन समा...
काठमाडौंः आइतबार सम्पन्न राष्ट्रियसभा सदस्य पदका लागि भएको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरिएको छ । आज राष्ट्रियसभामा रिक्त रहेको १८ पदका लागि निर्वाचन भएको थियो । कहाँ को विजयी भए हेर्नुहो...

